हङकङमा १५ औं तलाबाट खस्दा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ।
शुक्रबार चुनमुनस्थित वु चुई सडक नजिकको बटरफ्लाई स्टेट भवनको १५ औं तलाबाट ती बालिका भुइँमा खसेकी थिइन्।
स्थानीय समयअनुसार अपरान्ह २ बजेर १८ मिनेटमा यस घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
पिताले लापारवाही गरेर छाडेपछि खसेर बालिकाको मृत्यु भएको प्रहरीको आशंका छ। भवनका गार्डले यस घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
बालिकालाई तत्कालै चुनमुन अस्पताल भर्ना गरिएको थियो। केहीबेरमै बालिका मृत घोषणा गरिएको थियो।
प्रहरीले बालिका लापारवाही तरिकाले छाडेका कारण उनको मृत्यु भएको जनाएको छ। अर्की एक चारवर्ष भन्दा कम उमेरकी छोरी भने सुरक्षित भएको बताइएको छ।
मृतक बालिकाका पिता तीन छोरीको अभिभावक भएको बताइएको छ। उनी सम्बन्ध विच्छेद भएका पुरुष हुन्।
प्रहरीले उनीसँग घटनाबारे अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया