हङकङमा अवैध हतियार बोकेको कारसहित पाँच जना पक्राउ

हङकङमा अवैध हतियार बोकेको कारसहित पाँच जना पक्राउ

सन्दिग्धहरू प्रहरीको नियन्त्रणमा छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
जेठ ६, २०८१ आइतबार १०:४५, हङकङ

शनिबार दिउँसो हङकङको लाइचि ककबाट प्रहरीले अवैध हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ।

दिउँसो लगभग साढे ३ बजे प्रहरीले सामसुइ पोस्थित येनचाइ स्ट्रिटमा नक्कली नम्बर प्लेटको गाडी भेटिएको विशेष सूचना पाएको थियो।

सूचनापछि त्यसतर्फ गएका पश्चिम काउलुन आपत्‌कालीन इकाइका अधिकारीले चेङलाई स्ट्रिटमा एउटा निजी कारलाई रोके।

कारभित्रका मानिसले प्रहरीलाई चेकजाँचमा सहयोग गर्ने नदेखिएपछि प्रहरीले पेस्तोल देखाइ उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

गाडीसहित पाँच जनालाई नियन्त्रणमा लिइसेपछि त्यहाँभित्र विभिन्न किसिमका अवैध हातहतियार फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू विभिन्न किसिमका धन्दामा संलग्न रहेको आशंका गरिएको छ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। -एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .