हङकङ अब्जर्भेटरीले सबै टाइफुन संकेत रद्द गरेको छ।
उष्णकटिबन्धीय चक्रवात मलिक्सी सहरतर्फ सोझिएको अनुमान गर्दै शुक्रबार करिब पौने पाँच बजे टाइफुन नम्बर ३ संकेत जारी गरिएको थियो।
आँधीको प्रभाव घट्दै गएपछि शनिबार संकेत १ मा झार्दै बेलुका सबै संकेत रद्द गरिएको हो।
आँधीको प्रभाव सहरबाट लगभग दुई सय किलोमिटरभित्र आएपछि कमजोर बन्दै गएको अब्जर्भेटरीले जनाएको छ।
तर, यसको प्रभाव अझै कायम रहने र शनिबार राति तथा आइतबार बिहान पर्ल नदी डेल्टा वरपर वर्षा हुनसक्ने र आँधी पनि आउन सक्ने भएकोले सचेत रहन अब्जर्भेटरीले आग्रह गरेको छ।
बासिन्दाहरूलाई पानी सम्बन्धित खेलमा भाग नलिन र समुद्री किनारबाट टाढा रहन आग्रह गरिएको हो।
48
Shares
प्रतिक्रिया