हङकङको कार्यकारी परिषद्ले निजामती कर्मचारीको तलब वृद्धि अनुमोदन गरेको छ।
निजामती सेवाका सचिव इन्ग्रिड युङले सबै तहका निजामती कर्मचारीको तलब तीन प्रतिशतले वृद्धि हुनेगरी परिषद्ले अनुमोदन गरेको मंगलबार घोषणा गरे।
निजामती कर्मचारीको तलब समायोजन निर्धारण सम्बन्धी एक सर्वेक्षणको गत महिना सार्वजनिक रिपोर्टले उच्च पदमा कार्यरत कर्मचारीको ४.०१ प्रतिशत, मध्यम तहको ४.३२ र तल्लो तहका कर्मचारीको तलब ५.४७ प्रतिशत वृद्धि गर्न सुझाव दिएको थियो।
मंगलबार गरिएको घोषणामा भने तहगत वृद्धि नगरी सबैलाई समान तरिकाले वृद्धि गरिएको छ। सचिव युङले यसलाई ‘सन्तुलित निर्णय’को प्रतिक्रिया दिएका छन्।
सचिव युङले यो पनि प्रस्ट्याए कि, कार्यकारी परिषद्ले भोलि (बुधबार) निजामती सेवा युनियनका प्रतिनिधिहरूसँग भेट्नेछ र त्यसपछि मात्र समायोजनको अन्तिम निर्णय गर्नेछ।
सरकारले जतिसक्दो चाँडो तलब वृद्धिको प्रस्ताव व्यवस्थापिकामा पेस गर्ने सकेसम्म अप्रिल १ बाटै समायोजन हुनेगरी कार्य गर्ने युङले बताए।
Shares
प्रतिक्रिया