हङकङमा केएमबीले सुरु गर्दैछ यो नयाँ रुट, जहाँ महिलाले मात्र चलाउनेछन् बस

के भन्छन् महिला चालक?
हङकङमा केएमबीले सुरु गर्दैछ यो नयाँ रुट, जहाँ महिलाले मात्र चलाउनेछन् बस

दुई महिला चालक झाङ यु (बायाँ) र चोई बिक-चिङ (द स्ट्यान्डर्ड)


नेपालखबर
असार २१, २०८१ शुक्रबार ११:१४, हङकङ

हङकङको ठूलो बस अपरेटर कम्पनी काउलुन मोटर बस (केएमबी)ले महिला चालक मात्र रहने गरी सहरकै पहिलो बस रुट सुरु गर्दैछ।

६९ नम्बरको यो रुट चिनसुइ वाइदेखि युनलङ चल्नेछ। यसले युनलङ फङनिन रोड जस्ता व्यस्त सडक पनि पार गर्नेछ।

यो रुट सञ्चालनमा ११ महिला चालक सक्रिय रहनेछन्। जसमा यसभन्दा अघि चिनसुइ वाइ र चुनवानबीच २६९एम जस्ता केएमबीका अन्य रुटमा गाडी चलाएको अनुभव बटुलिसकेका अनुभवी चालक पनि रहनेछन्।

चोई बिक–चिङ र झाङ यु तिनै अनुभवीमध्येका दुई चालक हुन्। जसले केएमबीमा वर्षौँको अनुभव हासिल गरिसकेका छन्।

केएमबीमा १० वर्षको अनुभव संगालेकी चोई पुरुष र महिला बस चालकको ड्राइभिङ सीपमा कुनै भिन्नता नभएको बताउँछिन्। यो बताउँदै गर्दा उनले एक वृद्ध यात्रुले आफ्नो सेवाको प्रशंसा गरेको उदाहरण दिइन्।

‘ती वृद्धले मेरो सेवा उत्कृष्ट रहेको बताउँदै ट्याक्सी चढ्नुभन्दा बस चढ्नु राम्रो रहेको बताए,’ चोई भन्छिन्।

यस्तै, २० वर्षअघि हङकङ आएकी झाङले पनि केएमबीमा ७ वर्ष बिताइसकेकी छन्। यो दौरानमा उनका पनि रमाइला अनुभव छन्।

‘महिलाले बस चलाउँदै गरेको देख्दा एक यात्रुले सुरुमा शंका व्यक्त गरेका थिए,’ झाङ सुनाउँछिन्, ‘जब उनले मेरो ड्राइभिङ सीप देखे, झर्नुअघि प्रशंसा गरे।’

यात्रुको यो प्रशंसाबाट आफूमा आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन्।

केएमबीले हाल कम्पनीमा १० हजार चालक महिला रहेको बताएको छ। यो कुल चालकको ८ प्रतिशत हो। यसलाई १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ।

महिला चालकको अर्को रुट अब ताइपो जिल्लामा हुने केएमबीको चुनमुन डिपोका अपरेसन प्रमुख माक सिङ-पोले जानकारी दिएको द स्ट्यान्डर्डले जनाएको छ।

जसका लागि कम्पनीले दुई सय महिला चालक भर्ती गर्ने योजना अघि बढाइरहेको छ।

महिला चालक थप्ने योजनाका साथै बस डिपोभित्र बाल हेरचाह सुविधा स्थापना गर्ने पनि कम्पनीले लक्ष्य राखेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .