हङकङ अध्यागमन विभागले अवैध तरिकाले काम गर्ने ११ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा गैरकानुनी रूपमा काम गर्ने पाँच बंगलादेशी र तीन भारतीय छन्। २० देखि ४५ वर्ष उमेर समूहका उनीहरूलाई अवैध रोजगारीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
पक्राउ परेका बाँकी तीन जना स्थानीयवासी हुन्। उनीहरूलाई गैरकानुनी कामदारलाई सहयोग तथा प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको हो। १९ देखि ४५ वर्ष उमेर समूहका उनीहरूमाथि गैरकानुनी कामदारलाई खाद्य वितरण प्लेटफर्म खाता बिक्री गरेको वा भाडामा दिएको आरोप लागेको छ।
स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डमा उल्लेख भएअनुसार हङकङको अध्यागमन विभाग र श्रम विभागले संयुक्त रूपमा सञ्चालन गरेको तीन दिने खोजी अभियानमा माथि उल्लेखित ११ जनालाई पक्राउ गरिएको हो।
174
Shares
प्रतिक्रिया