हङकङ अब्जर्भेटरीले सहरमा जारी टाइफुन नम्बर १ संकेत रद्द गरिएको जनाएको छ।
अब्जर्भेटरीले शनिबार राति १०:४० मा टाइफुन संकेत १ जारी गरेको थियो।
यो संकेत आइतबार साँझ ५ बजेसम्मका लागि पहिलो पटक र फेरि मध्यरातसम्मका लागि दोस्रो पटक बढाइँदै अन्ततः सोमबार दिउँसो १२:२० मा रद्द गरिएको हो।
संकेत रद्द भएता पनि स्थानीयस्तरमा हिमपातको सम्भावना कायमै रहेको र हावा अपतटीय तथा उच्च जमिनमा तीव्र चल्ने सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अब्जर्भेटरीले सतर्क गराएको छ।
‘स्थानीय रूपमा, अझै पनि थोरै वर्षा भइरहेको छ र अपतटीय तथा उच्च जमिनमा हावा चलिरहेको छ,’ मध्यान्ह १२:२० मा संकेत रद्दको सूचना जारी गरेको अब्जर्भेटरीले १२:२५ को अर्को बुलेटिनमा भनेको छ, ‘बाढी आउने सम्भावना कायमै रहेकोले सर्वसाधारणलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्कता अपनाउन सुझाव दिइएको छ।’
अब्जर्भेटरीको वेबसाइटमा उल्लेख भएअनुसार आज हङकङको तापक्रम २८ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ। दिउँसो १ बजे सहरको तापक्रम ३२.५ डिग्री सेल्सियस रहेको छ।
Shares
प्रतिक्रिया