बेबिन्का आँधी नजिकिएसँगै आइतबार साँझ ५ बजेपछि हङकङबाट सांघाईका सबै उडान रद्द भएका छन्। त्यस्तै, सांघाईबाट हङकङका केही उडान पनि रोकिएका छन्।
विमानस्थल प्राधिकरणका अनुसार पुडोङ वा होङ्सियाओका ८ उडान रद्द गरिएको हो। सांघाईबाट हङकङ आउने ४ वटा उडान भने दिउँसो २ बजेसम्म रद्द भएका छैनन्।
हङकङ अब्जर्भेटरीले बेबिन्का दिउँसो सांघाईको ५०० किलोमिटर पूर्व–दक्षिणमा केन्द्रित रहेको र पूर्वी चीन सागर पार गरी करिब २२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा पश्चिम वा उत्तरपश्चिम सर्दै पूर्वी चीनको तट नजिक पुग्ने पूर्वानुमान गरेको छ।
बेबिन्का त्यसपछि कमजोर हुँदै जाने पनि पूर्वानुकर्ताले बताएका छन्। (द स्ट्यान्डर्ड)
321
Shares
प्रतिक्रिया