हङकङवासी साहित्यकार तथा समाजसेवी लालबहादुर गुरुङको निधन

हङकङवासी साहित्यकार तथा समाजसेवी लालबहादुर गुरुङको निधन

लालबहादुर गुरुङ


मगेन्द्र राई
भदौ ३१, २०८१ सोमबार १६:४३, हङकङ

हङकङवासी साहित्यकार तथा समाजसेवी लालबहादुर गुरुङको निधन भएको छ। नेपालमा उपचारको क्रममा निधन भएको उनका आफन्तले बताएका छन्। गुरुङ केही समयअघिदेखि ल्युकेमियाविरुद्ध काठमाडौँमा उपचाररत थिए।

हङकङको जोर्डनमा बस्दै आएका गुरुङ हङकङ साहित्य साझा शृङ्खलाका सल्लाहकार एवं पूर्वसंयोजक थिए। साथै, उनी संखुवासभा समाज, संखुवासभा गुरुङ समाजको सल्लाहकार समेत थिए।

नेपालमा संखुवासभा स्थायी घर भएका गुरुङले सालिन र बौद्धिक व्यक्तित्वको छवि बनाएका छन्। उनी तत्कालीन गाउँ विकास समितिको अध्यक्ष बनेका व्यक्ति पनि हुन्।

फुटकर कविता लेख्ने गुरुङले निकट भविष्यमा साहित्यिक कृति प्रकाशन गर्ने तयारीमा रहेको उनका गाउँवासी साहित्यकार दाजु गुरुङले नेपालखबरलाई बताए।

‘उहाँ परिवर्तनको संवाहक हुनुहुन्थ्यो,’ उनलाई सम्झँदै दाजु भन्छन्, ‘हामीले एक असल अभिभावक गुमाएका छौँ।’

हङकङमा विभिन्न संस्थाले उनको सम्झनामा शोकसभा आयोजना गर्ने तयारी गरेको पनि दाजु गुरुङले नेपालखबरलाई बताए।

स्वर्गीय गुरुङका दुई छोरा र दुई छोरी छन्। उनका जेठा छोरा विक्रम गुरुङ हङकङमा सफल मानिएको ज्याप स्टुडियो सञ्चालन गर्दै आएका छन्। स्वर्गीय गुरुङ यस स्टुडियोका संस्थापक हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .