हङकङ डिज्नील्यान्डले बढायो टिकटको मूल्य

हङकङ डिज्नील्यान्डले बढायो टिकटको मूल्य

हङकङको डिज्नील्यान्ड थिम पार्कको प्रवेशद्वारमा आगन्तुक


नेपालखबर
असोज ९, २०८१ बुधबार ११:५४, हङकङ

हङकङ डिज्नील्यान्ड रिसोर्टले बुधबारदेखि केही वर्गका टिकटको मूल्य १३ प्रतिशतसम्म बढाएको छ।

लान्ताउ टापुको थिम पार्कमा एक दिनको टिकट मूल्य ५ देखि ७ प्रतिशतसम्म र वार्षिक सदस्यता शुल्क ३ देखि १३ प्रतिशतसम्म बढाइएको हो।

सबैभन्दा महँगो मानिने एक दिने ‘टियर ४’ टिकट अब वयस्कको लागि ९३९ र बालबालिका तथा वृद्धवृद्धाको लागि ७०५ हङकङ डलर हुनेछ। टियर ४ ले लोकप्रिय दिन वा मौसममा भ्रमण गर्न अनुमति दिन्छ।

यस्तै, यसअघि पाइने एक दिनको सस्तो टिकटमा अब वयस्कका लागि ६६९ हङकङ डलरमा ४.६ प्रतिशत र बालबालिका तथा वृद्धवृद्धाका लागि ४९९ हङकङ डलरमा ५ प्रतिशत बढी हुनेछ।

‘जोययु’ कार्ड भएका ६० वर्ष वा सो भन्दा माथिका बासिन्दाले सय हङकङ डलरमा पाउने एक दिने टिकटको अफर भने यथावत् रहने रिसोर्टले जनाएको छ।

हङकङ डिज्नील्याण्ड एउटा थिम पार्क हो जुन हङकङको पेनी बे, लान्ताउ टापुमा अवस्थित छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .