कजवे बे किनाराको पानी सेतो देखिएपछि हङकङका वातावरण अधिकारीहरूले अनुसन्धान थालेका छन्।
विभागका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार पानी सेतो देखिएको खबर प्राप्त भएपछि कजवे बे टाइफुन सेल्टर साइटमा अनुसन्धान गर्न कर्मचारी पठाइएको थियो।
टोलीको प्रारम्भिक अनुसन्धानले पानी फोहोर हुनुको ठोस कारण भन्ने पत्ता लगाइसकेको छैन। र, त्यहाँ कुनै गन्ध पनि आएको छैन।
टोली पानीमा माछा मरेको छ कि भनेर पनि खोजी गरेको थियो तर त्यो पनि भेटिएन। पानीमा अक्सिजनको तह पनि सामान्य नै रहेको छ।
यद्यपि, सेतो रङको फोहोर पानी भिक्टोरिया पार्क रोड नजिकैको स्ट्रोमवाटर नालाबाट निस्किएको देखिएकोले टोलीले त्यतातर्फ ध्यान केन्द्रित गरेर अनुसन्धान अघि बढाएको छ।
258
Shares
प्रतिक्रिया