हङकङको एक रेस्टुरेन्टमा ग्राहकबीच कुटाकुट, ५ जना पक्राउ

हङकङको एक रेस्टुरेन्टमा ग्राहकबीच कुटाकुट, ५ जना पक्राउ

मङककस्थित बीबीक्यू रेस्टुरेन्टमा ग्राहकहरूबीच झगडा भएको हो (तस्बिरहरू : द स्ट्यान्डर्ड)


नेपालखबर
असोज १०, २०८१ बिहिबार ११:३४, हङकङ

बुधबार दिउँसो हङकङको मङककस्थित लोकप्रिय बीबीक्यू रेस्टुरेन्टमा ग्राहकहरूबीच झगडा हुँदा प्रहरी नै गुहार्नु परेको छ।

हिजो दिउँसो ४ बजे मङककको नाथन रोडस्थित चोङहिङ स्क्वायरको भुईँ तलामा रहेको बीबीक्यू रेस्टुरेन्टमा उक्त घटना भएको हो।

झगडाको रिपोर्ट प्राप्त गरेपछि घटनास्थल पुगेको प्रहरीले सार्वजनिक स्थानमा झगडा गरेको आरोपमा २२ देखि ४० वर्षका एक पुरुष र चार महिलालाई नियन्त्रणमा लिएको थियो। दुई महिलालाई त हतकडी नै लगाएर लगिएको थियो।

झगडाका क्रममा ट्याम नामका २२ वर्षीय पुरुषको हात, छाती र घाँटीमा चोट लागेको छ भने उनकी २४ वर्षीया प्रेमिकाको टाउको र घुँडामा चोट लागेको छ। साथै, अन्य तीन महिलाको हात र खुट्टामा चोट लागेको छ।

झगडापश्चात् रेस्टुरेन्टको अवस्था अस्तव्यस्त थियो भने खाना र सोडाका क्यान भुईँमा छरिएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, खाना खानेसमूहबीच ‘हल्ला’को विषयलाई लिएर भनाभन हुँदा हिंसाको रूप लिन पुगेको हो।

झगडियाहरूलाई सुरुमा स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेर त्यसपछि जिल्ला प्रहरी कार्यालय मङकङमा बुझाइएको थियो। अहिले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .