हङकङको ग्रेटर बे एयरलाइन्सले जापानका थप ३ गन्तव्यमा सेवा दिने

हङकङको ग्रेटर बे एयरलाइन्सले जापानका थप ३ गन्तव्यमा सेवा दिने

ग्रेटर बे एयरलाइन्सले वर्षको अन्तिम त्रैमासिकबाट जापानका थप तीन सहरमा उडान गर्ने भएको हो (तस्बिर : पीआर न्युजवायर)


नेपालखबर
असोज १०, २०८१ बिहिबार १५:४९, हङकङ

हङकङको ग्रेटर बे एयरलाइन्सले यस वर्षको अन्तिम त्रैमासिकबाट जापानका तीन वटा गन्तव्यमा सेवा थप्ने भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिजा एनजी शिओका अनुसार एयरलाइन्सले २७ अक्टोबरदेखि तोटोरी प्रान्तको पश्चिमी क्षेत्र योनागोमा उडान सुरु गर्नेछ। यो उडान हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार हुनेछ।

‘आगामी महिनामा हामी हङकङको बजारका साथै जापानका केही नयाँ गन्तव्यको परिचय गराउने योजनामा छौँ,’ सीईओ शिओ भन्छिन्, ‘हामी आशा गर्दछौँ कि यसले यात्रुहरूलाई हङकङ भ्रमण गर्न प्रोत्साहित गर्नेछ। जसले पर्यटन उद्योगमा थोरै योगदान पुर्‍याउने विश्वास छ।’

प्रमुख कार्यकारी अधिकृत लिजा एनजी शिओ

यसका साथै, १६ नोभेम्बरदेखि तोकुशिमा प्रान्तको शिकोकुमा हप्तामा तीन वटा र ७ डिसेम्बरबाट मियागी प्रान्तको सेन्डाईमा हप्ताको चार वटा चार्टर्ड उडान गर्ने कम्पनीले जनाएको छ।

‘हङकङ भ्रमण गर्ने जापानी पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ,’ सीईओ शिओ थप्छिन्, ‘हामीलाई आशा छ, यी नयाँ गन्तव्यको सिधा उडानले जापानी यात्रु आकर्षित हुनेछन्।’

स्मरण रहोस्, ग्रेटर बेको बहुप्रतिक्षित बेइजिङ र सांघाई उडान भने अनिश्चित नै छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .