हङकङले विदेशी घरेलु कामदारको न्यूनतम पारिश्रमिक २.५ प्रतिशतले बढाएको छ। खाद्य भत्ता भने यथावत छ। अधिकारीहरूले शुक्रबार विदेशी घरेलु कामदारको न्यूनतम पारिश्रमिक मासिक ४,९९० हङकङ डलर हुने घोषणा गरेका हुन्। हाल यो ४,८७० हङकङ डलर छ।
वृद्धि रकम शनिबार वा पछि हस्ताक्षर गरिएका सबै नयाँ सम्झौतामा लागु हुनेछ।
‘यस वर्षको समीक्षामा हामीले गतवर्षको हङकङको आर्थिक तथा श्रम बजारको अवस्था र भविष्यको आर्थिक दृष्टिकोणलाई समेत विचार गरेका छौँ,’ एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
यसका साथै हङकङमा रहेका सबै विदेशी घरेलु सहयोगीले आफ्ना रोजगारदाताबाट निःशुल्क खाना पाउने हक राख्ने वा यसको सट्टा भत्ता रोज्न सक्ने कुरा पुनः स्मरण गराइएको छ। खाना भत्तामा कुनै हेरफेर छैन। जुन हाल १,२३६ हङकङ डलर रहेको छ।
36
Shares
प्रतिक्रिया