हङकङको एक सार्वजनिक अस्पतालमा डाक्टर कुटिएका छन्। युनलङस्थित पोकओइ अस्पतालमा उपचारमा खटिएका डाक्टर बिरामीको साथीबाट कुटिएका हुन्।
उनको टाउको, कान र घाँटीमा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले जनाएको छ।
कुटिने ४५ वर्षीय डाक्टर अस्पतालको नेत्रविज्ञान विभागमा कार्यरत छन्। आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। आरोपीले डाक्टरलाई मुक्का हानेका थिए।
एक प्रहरी स्रोतलाई उद्धृत गर्दै एससीएमपीले जनाएअनुसार आरोपित व्यक्ति श्रीमतीको उपचारका लागि अस्पताल आएका थिए। जहाँ, उनको डाक्टरसँग लामो समय पर्खनु परेको विषयका साथै बोल्ने तौरतरिकाका बारेमा विवाद भएको थियो।
त्यसपछि उनले डाक्टरको टाउको र ढाडमा मुक्कैमुक्का प्रहार गरेका थिए। घटना प्रहरीले सोमबार सार्वजनिक गरेको हो।
75
Shares
प्रतिक्रिया