हङकङ : राष्ट्रिय दिवसमा आतिशबाजीले रंगियो भिक्टोरिया हार्बर (तस्बिरहरू)

हङकङ : राष्ट्रिय दिवसमा आतिशबाजीले रंगियो भिक्टोरिया हार्बर (तस्बिरहरू)

आतिशबाजी हेर्न झन्डै साढे ३ लाख दर्शक पुगेका थिए (तस्बिरहरू : द स्ट्यान्डर्ड)


नेपालखबर
असोज १६, २०८१ बुधबार १०:५२, हङकङ

राष्ट्रिय दिवसको उत्सवमा मंगलबार साँझ हङकङस्थित भिक्टोरिया हार्बरको आकाश आतिशबाजीले रंगिएको छ।

२३ मिनेटको कार्यक्रम हार्बरको दुवै छेउबाट ३ लाख ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

कतिपय दर्शक उचित ठाउँ सुरक्षित गर्न दिउँसैदेखि पुगेका थिए।

२३ मिनेटको कार्यक्रमको अन्त्यमा  आतिशबाजी, जयजयकार र ताली बजार समापन गरिएको थियो।

यसैगरी, राष्ट्रिय दिवसको ‘सुनौलो सप्ताह (गोल्डेन विक)’को पहिलो दिन २ लाख २२ हजारभन्दा बढी मुख्यभूमिका आगन्तुक हङकङ आएको सरकारी तथ्यांक छ।

यो संख्या अघिल्लो वर्षको राष्ट्रिय दिवसको ‘सुनौलो सप्ताह’को पहिलो दिनको भन्दा २५ प्रतिशत बढी हो। साथै, एकल-दिन रेकर्डमा महामारीपछिको उच्च भएको पनि बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .