हङकङमा कोरोनाबाट संक्रमितको संख्या १ सय १८ पुग्यो

हङकङमा कोरोनाबाट संक्रमितको संख्या १ सय १८ पुग्यो

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १२:४५,

मंगलबार ३ जनामा कोरोनाको संक्रमण देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेको हो।

हङकङ स्वास्थ्य विभागका डाक्टर चुवाङ सुक–क्वानले मंगलबार ३ जना संक्रमित थपिएको बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हालसम्म हङकङमा कोरोनाका कारण ३ जनाको मत्यु भइसकेको छ। डाक्टर चुवाङका अनुसार हाल १ सय १८ मध्ये एकको अवस्था चिन्ताजनक छ। २ जनाको अवस्था गम्भीर बन्दै गएको छ।

अन्यको भने अवस्था सामान्य छ। हालसम्म कोरोना भाइरस १ सयभन्दा बढी देशमा पुगिसकेको छ।

हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।

हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार ७५४ संक्रमित छन्। त्यहाँ ३ हजार १३६ को मत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .