कोरोनाको उपचारपछि उक्त कुकुुर स्वस्थ बनेको थियो। तर क्वारेन्टाइनबाट फर्काइएपछि सोमबार उक्त कुकुर मरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
गत फेब्रुअरी २६ मा कोरोनाको संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो। शनिबार मात्र कुकुरलाई घर फर्काइएको थियो।
कोरोनाको संक्रमणपछि कुकुर मरेको यो पहिलो घटना हो।
हाल १६६ भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। विश्वमा हालसम्म १ लाख ९८ हजार ७१६ मानिसको यसको संक्रमण पुष्टि भउको छ।
यसबाट मृत्यु हुनेको संख्या ७ हजार ९८९ पुगेको छ। हङकङमा कोरोनाको संक्रमण १६८ जनामा देखिएको छ। त्यहाँ मृतकको संख्या चार पुगेको छ।
3
Shares
प्रतिक्रिया