हङकङमा बिहीवार ७ जना कोरोना भाइरस संक्रमित बिरामीहरु उपचार पश्चात घर फर्केका छन्। उनीहरुसँगै निको हुनेको संख्या १५४ पुगेको छ।
हङकङमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ जनाको मृत्युु भएको छ। बिहीबारसम्म संक्रमित हुनेहरुको संख्या ८०२ पुगेको छ। जसमा एक नेपाली पनि छन्। दुई जना नेपालीहरु सरकारी क्वारेन्टिनमा बसिरहेका छन्।
गुणस्तर तथा मापदण्डका प्रमुख प्रबन्धक डा. लाउ का हिनका अनुसार ६०४ बिरामीहरु १४ वटा सरकारी अस्पतालमा उपचाररत छन्। तिमध्ये १६ जना गम्भीर र बाँकी सामान्य अवस्थामा छन्।
बिहीबार अपरान्ह ३ बजेसम्म ४ वटा पुष्टि भएका नयाँ केसहरू अझै अस्पतालमा भर्ना हुन पर्खिरहेका बताइएको छ। बिहीवार दिउँसोसम्म १०३३ नेगेटिब प्रेसर बेडहरु, ५२८ नेगेटिभ प्रेसर वार्डहरु प्रयोग भइरहेको बताइएको छ। जुन अकुपेन्सी दर क्रमशः ६८ प्रतिशत र ७८ प्रतिशत हुन आउँछ।
हालसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९ लाख ६३ हजार ५ सय ६५ पुगेको छ भने ४९ हजार २ सय ६९ जनाको मृत्यु भैसकेको छ। उपचार पश्चात निको हुनेहरुको संख्या २ लाख ८ हजार ३ सय ५६ रहेको छ।
प्रतिक्रिया