हङकङमा कोरोनाको प्रभाव घट्दो, शनिबार दुई नयाँ कोरोना संक्रमित थपिए

हङकङमा कोरोनाको प्रभाव घट्दो, शनिबार दुई नयाँ कोरोना संक्रमित थपिए

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ११:५५,

शनिबार हङकङमा मात्र २ जना कोरोना संक्रमित थपिए। यो पुरै हप्ता हङकङमा एक अंकको संख्यामा मात्र कोरोना संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या एक हजार २३ पुगेको छ। त्यहाँ हालसम्म ४ जनाको मृत्यु भएको छ।

शनिबार हङकङमा भेटिएका दुईमध्ये एक कोरोना संक्रमित चार वर्षको बच्चा भएको बताइएको छ। ती बच्चा आमासँग हालै बेलायतबाट हङकङ फर्किएका थिए।

अर्का संक्रमित भने फिलिपिन्समा अध्ययन गरिरहेका २९ वर्षका हङकङ नागरिक हुन्।

विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।

यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।

हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।

उनीहरु सबैलाई सरकारले विद्युतीय रिस्ट ब्याण्डबाट निगरानी गर्दछ। क्वारेन्टिनमा बस्ने सबैलाई रिस्टब्याण्ड अनिवार्य लगाउनु पर्दछ।

हाल हङकङमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ चार जनाभन्दा बढी मानिस एकसाथ देखिए कारवाही गरिन्छ।

शनिबारसम्मको तथ्यांकअनृुसार हाल विश्वभर २२ लाख ६५ हजार ४०८ कोरोना संक्रमित छन्। १ लाख ५४ हजार ९०३ को मृत्यु भइसक्दा ५ लाख ८१ हजार ३८२ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .