हङकङमा कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि लगाइएको प्रतिबन्ध थप १४ दिन बढेको छ।
यसै हप्ताको बिहीबार होटल, जिमखान, ब्युटी पार्लर, पब, बार लगायतका मानिसहरु जमघट हुने स्थान खुला हुनुपर्ने थियो।
साथै चारजना भन्दा बढी एक स्थानमा हुन नहुने र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्ने नियम पनि सोही समयमा सम्पन्न हुँदै थियो।
यद्यपी कोरोना माहामारीको त्रास अझै नटरेकाले दुई हप्ता प्रतिबन्ध बढाइएको हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मंगलबार बताइन्। प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछ।
सोमबार हङकङमा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थिएन। लगातार ८ दिन हङकङमा एक अंकको संख्यामा कोरोना संक्रमित बढेपछि सोमबार हङकङमा शुन्य संक्रमण देखिएको थियो। एससीएमपी
3
Shares
प्रतिक्रिया