हङकङ सरकारले सुपुर्दगी गरेर चीन पठाउन सक्ने विधेयकको त्यहाँँ चर्को विरोध भएको थियो।
लाखौंले प्रदर्शनमा भाग लिएका थिए। केही प्रदर्शनकारीले हङकङको संसद भवनमै आक्रमण गरेका थिए।
प्रदर्शनपछि गत महिना हङकङ सरकारले उक्त विधेयकमाथिको छलफल अनिश्चितकालको लागि बन्द गरेको थियो।
एससीएमपीका अनुसार मंगलबार बिहानै कार्यकारी प्रमुख क्यारी लामले उक्त विधेयकको मृत्यु भएको बताएका हुन्। यस अगाडि लामले सन् २०२० मा उक्त विधेयकको मृत्यु हुने बताएकी थिइन्।
विधेयकविरुद्धकाे प्रदर्शन
अहिले शब्द परिवर्तन गर्दै लामले विधेयकको मृत्यु भएको बताएकी हुन्। लामले मंगलबार भनिन्,‘हामीसँग कुनै योजना छैन, विधेयकको मृत्यु भइसक्यो।’
उक्त विधेयक खारेज भने भएको छैन। यस विधेयकको आयु सन् २०२० सम्मको छ।
आलोचकहरुले लामले विधेयकको मृत्यु भएको घोषणा गरे पनि आयु बाँकी रहेकाले यसमा फेरि छलफल सुरु गर्नसक्ने आशंका व्यक्त गरेका छन्।
प्रतिक्रिया