गएको दश दिनमा कोरोना संक्रमित नभेटिएको यो छैठौंपटक पनि हो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हालसम्म हङकङमा एक हजार ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
यीमध्ये चारजनाको मृत्यु भएको छ भने ८ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन्।
पछिल्लो समय हङकङमा कोरोना भाइरसको प्रभाव घट्दै गएको छ। हङकङमा केही समययता एक अंकको संख्यामा कोरोना संत्रमित बढ्दै गएका थिए।
पछिल्लो चार दिनयता भने यहाँ कोरोना संक्रमित नै भेटिएका छैनन्। सरकारले मे ७ सम्म यहाँका नागरिकलाई भीडभाड नगर्न शारीरिक दुरी कायम गर्न भनेको छ।
हाल त्यहाँ भीडभाड हुने पसल तथा क्षेत्रहरु पनि बन्द गरिएको छ। यी प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछन्।
हङकङकी स्वास्थ्यमन्त्री सोफिया चानले मंगलबार मात्र हङकङमा कोरोनाको प्रभाव धेरै हदसम्म नियन्त्रणमा आइसकेको बताएकी थिइन्।
विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।
यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।
हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ।
Shares
प्रतिक्रिया