गैर आवासीय नेपाली संघ हङकङले कार्य समिति सदस्य भेषमणि श्रेष्ठलाई बर्खास्त गरेको छ। संघले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको हो।
मंगलबार संघकी अध्यक्ष राधिका गुरुङले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई कारबाही गरिएको जानकारी दिएकी हुन्। यसअघि संघको बैठकले श्रेष्ठलाई स्पष्टीकरण लिई छाडेको र त्यसपछि उनी उनले सोही क्रियाकलाप दोहो-याएका कारण सोमबारदेखि नै लागू हुनेरी उनको सदस्यता खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘संघको आकस्मिक बैठकद्वारा कार्यसमितिका सदस्य भेषमणि श्रेष्ठ संघप्रति गरेको गम्भीर तथा गैर जिम्मेवारीपूर्ण क्रियाकलापमा सङ्लग्न भएको ठहर गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यले एनआरएन हङकङको विधानको धारा ८ (१) आकर्षित भएको र ८ (२) को प्रावधान बमोजिम जुलाई ३ का दिन सम्पन्न ३१ औँ बैठकमा उहाँसँग स्पष्टीकरण लिइएको भए पनि पुनः सोही किसिमको हर्कत दोहोरिएकाले उहाँको पञ्जिकृत सदस्यता हिजैका मितिदेखि लागू हुनेगरी खारेज गरिएको छ।’ श्रेष्ठलाई संघको कुनै पनि क्रियाकलाप सहभागी नहुन समेत अनुरोध विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
नेपालखबरसँग कुरा गर्दै अध्यक्ष राधिका गुरुङले जुलाई ६–७ मा म्यान्मारमा हुन भनिएको सातौं एशिया–प्रशान्त क्षेत्रीय बैठक विधानविपरीत भएको ठहर गरी विज्ञप्तिमार्फत सहभागिता नजनाउने अनुरो गरे पनि त्यसलाई बेवास्ता गर्दै भाईबर ग्रुपमा निरन्तर अनावश्यक कुरा गर्न थालेको आरोप लगाइन्।
सदस्य श्रेष्ठ बैठकमा एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने गरेको उनको आरोप थियो। ‘जुलाई ३ को नियमित बैठकमा उनी स्वयम् उपस्थित भएर माफी माग्दै आफू उक्त सम्मेलनमा उपस्थित भएर बिरोध जनाउने कुरा राखे। हामीले तपाईलाई बिरोध गर्न पठाएका हैनौ, ब्यक्तिगत चाहना भए जान सकिन्छ तर संघको प्रतिनिधित्व कुनै पनि हालतमा गर्न पाईन्न भन्यौ, उनले हुन्छ भने’, अध्यक्ष गुरुङले भनिन्, ‘तर, जब उनी म्यानमारको सम्मेलन पुगे, तब स्टेजमै हङकङको प्रतिनिधि हुँ भन्दै आयोजकका तर्फबाट टोकन अफ लभ थापे, अनि भाईबर ग्रुपमै उक्त तस्बिर पठाए।’
कार्यसमितिको निर्यणलाई अवज्ञा गर्दै गैर जिम्मेवार गतिविधिमा संलग्न भएकोले विधान अनुरुप कारबाही गर्नुको विकल्प नरहेको अध्यक्ष गुरुङको भनाइ छ। गैर आवासीय नेपाली संघ हङकङको अधिवेशन आगामी जुलाई २८ मा हुँदैछ।
प्रतिक्रिया