हङकङले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध अपनाएको प्रतिबन्धको नियमहरु यही शुक्रबारदेखि खुकुलो बनाउँदै लैजाने भएको छ।
शुक्रबारदेखि बार, रेस्टुरेन्ट, जिम, ब्युटि पार्लर, फिटनेस सेन्टर, गेमिङ जोन, सिनेमा घर खोल्न अनुमति दिइएको मंगलबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले बताइन्।
यद्यपी उनीहरुले कोरोनाविरुद्धको उपाय भने अपनाउनु पर्ने एससीएमपीले जनाएको छ।
उक्त स्थानहरुमा तापक्रम मापन गरिनुपर्ने, चार जनाभन्दा बढी एक स्थानमा बस्न नपाउने, टेबलहरुको दुरी साढे १ मिटरको हुनुपर्ने, नाचगान गर्न नपाइने तथा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ।
यस्तै मे २७ बाट शैक्षिक संस्थाहरु पनि खुल्न थाल्नेछ।
हालसम्म हङकङमा एक हजार ४० मा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४ को मृत्यु भएको छ भने ९२० उपचारपछि स्वस्थ बनेका छन्।
3
Shares
प्रतिक्रिया