श्रेष्ठले परिषदका महासचिव बद्री केसीलाई निवेदन बुझाएका हुन्। कार्यसमितिको निर्यणलाई अवज्ञा गर्दै गैरजिम्मेवार गतिविधिमा संलग्न भएको ठहर भएपछी गैरआवासीय नेपाली संघ हङकङले कार्य समिति सदस्य भेषमणि श्रेष्ठलाई पन्जिकृत सदस्यता बाटसमेत बर्खास्त गरेको थियो।
मंगलबार पदबाट बर्खास्त भएका श्रेष्ठले बुधबार निवेदन बुझाएका हुन्। निवेदनमा श्रेष्ठले आफूलाई सोधपुछ नगरी मनोमानी ढङ्गबाट बर्खास्त गरिनु निन्दनिय कार्य भएको भन्दै गैरआवासीय नेपाली संघ हङकङ कार्यसमितिका अध्यक्ष, महासचिव र प्रवक्तालाई कार्वाहीको माग गरिएको छ।
निवेदनमा श्रेष्ठले पद पुनर्बहाली नभएसम्म आगामी जुलाई २८ मा हुने अधिबेशनको चुनावसमेत स्थगित गर्न माग राखेका छन्।
श्रेष्ठलाई संस्थाको विधानको मर्म बिपरित गत जुलाई ६–७, २०१९ का दिन म्यान्मारमा सम्पन्न सातौं एशिया–प्रशान्त क्षेत्रीय बैठकमा गैर–आवासीय नेपाली संघ हङकङको प्रतिनिधित्व नगर्न लिखित हस्ताक्षरसहित सहमति र सम्झाई बुझाई गर्दा समेत अवाज्ञा गरेकोले श्रेष्ठलाई बर्खास्त गर्न बाध्य भएको अध्यक्ष राधिका गुरुङ बताउँछिन्।
संस्थाको हितको लागी उक्त निर्णय गरिएकाले त्यसैले यस कार्यमा पश्चाताप नलागेको समेत गुरुङले बताईन्।
श्रेष्ठले लिएकाे मायाकाे चिनाे
आफ्नै कार्यसमितिले प्रकाशन गरेको विज्ञप्ति र आफैं उपस्थित बैठकले गरेको निर्णयलाई बेवास्ता गर्नु भएको हो? यसबारे के भन्नु हुन्छ? भनी नेपालखबरले सोधेको प्रश्नमा श्रेष्ठले भने,‘आईसिसीले माईन्युट गरेको सम्मेलनमा मैले एक अभियन्ताको रुपमा सहभागिता जनाएको थिए। म नेपाली मुलको विदेशी भएकोले त्यस्ता सम्मेलन मार्फत केही मागहरु, त्यहाँका नेपालीहरु बारे केही जान्ने, बुझ्ने र सिक्ने अनि हङकङका नेपालीहरु बीच सुखद सन्देश ल्याउन त्यहाँ गएको थिए। फेरि मलाई स्टेजमा त्यसरी बोलाउला भनेर हेक्का राखिन, मेरो नाम बोलाएपछि मैले त्यहाँको माह्वलको दवाव झेल्न सकिन, अन्तत “एकपटकको नेपाली सँधैको नेपाली“ भन्ने एनआरएनको मूलमन्त्र सम्झना गर्दै मायाको चिनो हङकङका एनआरएनको तर्फबाट ग्रहण गरे, त्यति गर्दैमा साधारण सदस्यताबाट समेत मलाई बर्खास्त गरिनु निन्दनिय हो। लामो समयबाट मेरो एनआरएनमा लगानी र योगदान छ, राम्रो काम गर्ने लाई प्रोत्साहित गर्नु पर्नेमा यो त चोर लाई चौतारी, साधुलाई सुलि भन्ने उखान जस्तै भो, खासमा यो व्यक्तीबीचको कुरा नभएर विधानले निम्त्याएको कमजोरी हो, आसन्न आईसिसीको भेलाले यो समस्याको निदान गर्नेछ भन्ने मलाई लागेको छ।’
श्रेष्ठको बर्खास्तीबारे बोल्दै पूर्व एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङले नेपालखबरसङ्ग भने,‘हङकङका कार्य समितिले फलाम तातिएकै बेला घन प्रहार गरेको छ, एनआरएन हङकङको आफ्नो बलियो स्टान्डले सन्सार भरका एनआरएन सस्थाहरुलाई सजगता र पाठ सिकाएको छ।’
अब श्रेष्ठको पुनर्बहालीको सम्भावना कतिको छ? उनले चुनावमा उम्मेदवारी दिने समेत कुरा गरेका छन भनी प्रश्न गर्दा भुपु अध्यक्ष दुर्गाले भने,‘पुनर्बहाली हैन फुकुवा हुनसक्छ, त्यसका लागि श्रेष्ठले आफ्नो गल्ती स्विकारेर कार्यसमितिलाई रिझाउन सक्नुपर्छ, तर पनि फुकुवा हुन कम्तीमा ६ महिना सम्म लाग्नसक्छ। यस बिषयमा हामीले हिजो अनौपचारिक कुराकानी गरेका थियौ, आज बर्खास्त र भोली फुकुवा गर्यौ भने संस्थाकै बेईज्जत हुन्छ। यसै कारण फुकुवाको लागि समय लाग्छ, आगामी चुनावमा उनको उम्मेदवारीको कुनै संम्भावना छैन। साथै कार्यसमितिसङ्ग प्रतिबाद गर्न थाले फुकुवा अझ लम्बिन सक्छ।’
कारवाहीमा परेका श्रेष्ठले आगामी जुन २८ मा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने योजना रहेको नेपालखबरलाई बताएका छन्।
आगामी अधिवेशनका लागि अध्यक्ष पदमा बर्तमान अध्यक्ष राधिका गुरुङ र उपाध्यक्ष निरन्जन गुरुङले फेसबुक मार्फत आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
श्रेष्ठकाे निवेदन
प्रतिक्रिया