हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मंगलबार पत्रकारसँग कुरा गर्दै जुन महिनादेखि ट्रान्जिट उडान सुचारु हुने जानकारी दिएकी हुन्।
हङकङमा विदेशबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण उच्च रुपमा देखिएपछि हङकङले पर्यटकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो।
साथै हङकङले गत मार्च २५ देखि नै ट्रान्जिट उडानहरु स्थगित गरिदिएको थियो। तर हङकङले विदेबाट आफ्ना नागरिक भने फर्काइरहेको थियो।
मंगलबार कार्यकारी प्रमुख लामले यसै शुक्रबारबाट कोरोना रोक्न लागू गरिएका प्रतिबन्धका नियमहरु पनि खुकुलो बनाउने जानकारी दिइन्। एजेन्सी
3
Shares
प्रतिक्रिया