नेपाली महावाणिज्य दूतावास हङकङका महावाणिज्यदूत कमलप्रसाद भट्टराई आफ्नो ४ वर्षे कार्यकाल समाप्त गरी नेपाल फर्केका छन्।
लकडाउनमा परेका नेपालीहरुलाई बोकेर मंगलबार बिहान हङकङ अवतरण गरेका नेपाल बायुसेवा निगमको चार्टर उडानमार्फत् उनीसहित सपरिवार नेपाल फर्केका हुन।
उनले आफू नेपाल पुगेको नेपालखबरलाई जानकारी दिए।
आफ्नो ४ वर्षे कार्यकाल उपलब्धिपूर्ण र अविष्मरणीय रहेको कुरा नेपालखबरलाई बताएका छ्न्। आफ्नो कार्यकालको मूल्यांकन हङकङका नेपालीहरु र समयले गर्ने उनको भनाइ थियो।
हङकङमा नेपालीहरुको बाक्लो बसोबासको अवधिले रजत वर्ष मात्र मनाउन लागेको छ। यति छोटो अवधिमा नेपालीहरुले हङकङ गरेको प्रगति लोभलाग्दो र प्रशंसायोग्य भएको उनले बताए।
कर्मथलो हङकङमा कमाएका ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्ने उनले बताए।
हङकङमा रहेका नेपालीहरुले अन्य महावाणिज्यदूतहरुको तुलनामा उनलाई कुटनैतिक, मिजासिलो र सहयोगी स्वभाव भएको दूतका रुपमा लिएका छन्।
नेपाल पुगेपछि केहीसमय प्रदेशतिर पोस्टिङ हुने पर्ने प्रावधानअनुसार प्रदेश १ वा कर्णाली प्रदेश आफ्नो रोजाइ भएको उनको भनाइ थियो।
Shares
प्रतिक्रिया