हङकङमा सरकार विरोधी आन्दोलन र कोरोनाको प्रकोप सँगै व्यापार व्यवसायहरु ठप्प हुँदा यहाँका लाखौं नागरिकहरु बेरोजगार बनेका छन्। सरकारी तथ्यांक अनुसार मे महिनाको अन्त्यसम्म कूल श्रमशक्ति मध्ये झन्डै ६ प्रतिशत बेरोजगार भएको देखाएको छ।
जसको कारण करिब २ लाख ३० हजार भन्दा बढी बेरोजगार बनेका छन, जुन बिगत १५ वर्षमा उच्च दर मानिएको छ। हरेक महिना बेरोजगारी दर वृद्धि हुँदै गएको छ। गत अप्रिल महिनामा ५.२ प्रतिशत बेरोजगार थिए भने मार्च महिनामा ४.२ प्रतिशत रहेको थियो। बेरोजगारी प्रायः सबै प्रमुख आर्थिक क्षेत्रहरुमा देखिएको छ।
उपभोग र पर्यटन सम्बन्धी क्षेत्रको संयुक्त बेरोजगारी दर १०.६ प्रतिशत पुगेको छ। सन् २००३ को सार्स महामारी पछिको यो सबैभन्दा उच्च दर हो। जसको मौसमी बेरोजगार दर ६.३ प्रतिशत रहेको छ। त्यसै गरि खाद्य र पेय क्षेत्रमा १४.८ प्रतिशतले बेरोजगारी दर वृद्धि भएको छ। जसको मौसमी बेरोजगारी ८.२५ प्रतिशत कायम भएको छ।
निर्माण क्षेत्रको अवस्था पनि खराब देखिएको छ। बेरोजगारी दर १०.८ प्रतिशत र मौसमी बेरोजगार दर ८.२ प्रतिशत पुगेको छ।
श्रम सचिव ल चि–क्वोङले भने बेरोजगारी दरमा भएको वृद्धिको गति बिस्तारै सहज हुने बताएका छन्। यद्यपी श्रम बजारले अल्पकालीन अवधिमा दबाबको सामना गर्नुपर्ने बताएका छन्।
ल ले भने ‘यहि बिषम तथ्यलाई मध्यनजर राखेर सरकारले रोजगार अभिवृद्धि गर्न र रोजगारी सिर्जना गर्न अभूतपूर्व अरबौं डलरको राहत कार्यक्रमहरु ल्याएको छ।’
नेपालीहरु निर्माण, खाद्य तथा पेय, सेक्युरिटी लगायतका क्षेत्रमा सङ्लग्न छन्। यि क्षेत्रहरु धरासायी हुँदै जाँदा धेरै नेपालीहरु लामो समयबाट बेरोजगार रहेका छन्।
हङकङको जनसंख्या झन्डै साढे ७० लाख रहेको छ भने झन्डै ४० लाखको हाराहारीमा श्रमशक्ति रहेको छ। जसमा ५०ं४ प्रतिशत पुरुष तथा ४.६ प्रतिशत महिला रहेको छ। यस तथ्यांकले १५ वर्ष र त्यो भन्दा माथि उमेरका कूल जनसंख्याको ६.२ प्रतिशत प्रतिनिधित्व गर्दछ।
प्रतिक्रिया