हङकङस्थित नेपाली महावाणिज्य दूतावासले नेपाल फर्कन प्रतिक्षारत एक सय नेपालीको सूची सार्वजनिक गरेको छ। महावाणिज्य दूतावासले आफ्नाे फेसबुक पेजमार्फत हङकङ र मकाउबाट फर्कन चाहने नेपालीहरुको नामावली सार्वजनिक गरेको हो।
२०७७ जेठ २० (तदानुसार २ जुन २०२०) मा जारी गरिएको सूचना बमोजिम सम्बन्धित व्यक्तिहरुले उपलब्ध गराएको विवरण सहितको नामावली संलग्न गरिएको बताइएकाे छ।
सूचनामा भनिएको छ, ‘निकट भविष्यमा नै हुन गईरहेको उद्धार कार्यका सम्बन्धमा प्राप्तहुने सूचना तथा यहाँहरुले गर्नुपर्ने कार्यका लागि महावाणिज्यदुतावासले यसै फेसबुक पेज मार्फत यहाँहरु सबैलाई सूचित गर्ने नै छ। अतः अन्य थप सूचनाका सम्बन्धमा सोही पेजमा आउने सूचनाका लागि धैर्य भई प्रतिक्षा गरिदिनुहुन तथा अन्य केही अत्याबश्यक जिज्ञासा भएमा महावाणिज्यदुतावासको सम्पर्क नं. ८५२ २३६९७८१३ मा सम्पर्क राख्नुहुन अनुरोध छ।‘
यस्ताे छ सार्वजनिक सूची
Shares
प्रतिक्रिया