१ सय ५९ जना यात्रु लिएर हङकङ गएको नेपाल एयरलायन्सले हङकङबाट १९ र मकाउबाट ६३ नेपाली नागरिकलाई नेपाल फर्काएको हो।
यसअघि जुन १४ मा एक उडान र जुन २ मा ३ उडान मार्फत हङकङको आईडी भएका नेपालीहरु हङकङमा शैक्षिक संस्था तथा व्यापार व्यवसाय खुलेकाले मंहगो मूल्यमा जहाज चार्टर्ड गरी हङकङ फर्किएका थिए।
कोभिड १९को संक्रमण फैलिएपछि सरकारले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण हङकङमा बसोबास गर्दै आएका नेपाली काठमाडौंमा रोकिएका थिए।
प्रतिक्रिया