हङकङको सुरक्षा कानुन सम्बन्धी चीनमा तीनदिने बैठक भएपछि स्रोतलाई उदृतगर्दै एससीएमपीले कानुन उल्लंघन गर्नेलाई आजीवन जेल सजाय हुने जानकारी दिएको छ।
हङकङ सरकारले यस कानुनले देशद्रोह तथा आतंकवादको घटनालाई नियन्त्रण गर्ने बताएको छ।
यस कानुनअनुसार चीनको राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान गर्ने कार्य गरिए अपराध ठहरिनेछ।
यो कानुन चीनको संसदबाट पारित भइसकेको छ। कानुनले वैधानिकता पाउने अवस्थामा हङकङमा यस कानुनले स्वतन्त्रता खोसिने भन्दै आन्दोलन चर्किरहेको छ।
यसबीचमा कानुन उल्लंघन गर्नेलाई आजीवन कारावासको सजाय हुने समाचार आएको हो। एससीएमपी
3
Shares
प्रतिक्रिया