तोङ यिङ किटले गत जुलाई १ मा ‘हङकलाई स्वतन्त्र गर, हाम्रो समयको क्रान्ति’ लेखिएको ब्यानर बोकेका थिए। उनले मोटरसाइकल प्रहरीमाथि हुँइकाएका थिए।
२३ वर्षका उनको सो क्रममा खुट्टामा चोट लागेको छ। उनी ह्वीलचियरमै सोमबार वेस्ट काउलुन अदालतमा हाजिर भएका थिए।
उनले सोमबार जमानतको लागि आवेदन दिएका थिए। तर अदालतले उनको आवेदन खारेज गरेको एससीएमपीले जनाएको छ।
चीनले हङकङको लागि बनाएको नयाँ सुरक्षा कानुनको विरोधमा उनी जुलाई एकमा स्वतन्त्र हङकङको नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए।
नयाँ कानुन अन्तर्गत चीनको विरोध गर्न पाइने छैन। चिनियाँ झण्डा र राष्ट्रगानको विरोध गर्नेहरु अपराधी ठहरिनेछन्। यस कानुनले आतंकवाद तथा देशदो्रहलाई रोक्ने अपेक्षा गरिएको छ।
हाल तोङ यिङ किटलाई आतंकवादमा संलग्न भएको र देश टुक्राउने खेलमा लागेको आरोप लगाइएको छ। हाल उनी प्रहरी नियन्त्रणमै छन्।
विज्ञहरुका अनुसार हङकङमा नयाँ कानुनको उल्लंघन गर्नेलाई आजीवन कैदसम्म गरिनेछ। एससीएमपी
Shares
प्रतिक्रिया