हङकङमा बिहीबार ३४ नयाँ संक्रमित भेटिए, कोरोनाविरुद्धको उपायलाई पुनः कडा बनाइँदै

हङकङमा बिहीबार ३४ नयाँ संक्रमित भेटिए, कोरोनाविरुद्धको उपायलाई पुनः कडा बनाइँदै

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:५६,

लामो समयपछि हिजो बुधबार मात्र हङकङमा २४ नयाँ संक्रमित भेटिएका थिए।

बिहीबार पनि संक्रमितहरु देखिएपछि हङकङमा कोरोनाविरुद्धको उपायलाई पुनः कडा बनाइने भएको छ।

लामो समय हङकङमा कोरोना संक्रमणको दर शुन्यमा झरेको थियो। नयाँ संक्रमित देखिएसँगै हङकङमा कोरोना भाइरसको दोस्रो लहर देखा परेको आशंका गरिएको छ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने चेतावनी दिइरहेको समयमा यहाँ नयाँ संक्रमित देखिएका हुन्।

बिहीबार हङकङ सरकारले होटल तथा रेस्टुरेन्टलाई शनिबारदेखि क्षमताभन्दा ६० प्रतिशत कम ग्राहकलाई मात्र सेवा दिन भनेको छ।

यस्तै पबमा भए चार र होटल तथा रेस्टुरेन्टमा भए एक टेबलमा ८ जनालाई मात्र बस्न दिन भनिएको छ।

यस्तै जिम, पार्टी रुम, क्याराओकी लन्जमा पनि व्यक्ति व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .