हङकङमा मंगलबार ४८ नयाँ संक्रमित थपिए, अस्पताल भित्रै कोरोना फैलिएको आशंका

हङकङमा मंगलबार ४८ नयाँ संक्रमित थपिए, अस्पताल भित्रै कोरोना फैलिएको आशंका

नेपालखबर
असार ३०, २०७७ मंगलबार १२:४४,

नयाँ संक्रमितमध्ये एक जना क्वीन इलिजावेथ अस्पतालको जेनरल वार्डमा भर्ना भएकी ७७ वर्षीया महिला पनि भएको एससीएमपीले जनाएको छ।

अस्पतालको जेनरल वार्डमै कोरोना संक्रमित भेटिएपछि यतिबेला क्वीन इलिजावेथ अस्पतालमा रहेका कर्मचारी तथा बिरामीहरु त्रसित बनेका छन्।

अस्पताल भित्रै कोरोना फैलिएको आशंका गरिएकाले हाल परीक्षणलाई तिव्रता दिइएको छ।

हङकङमा गतहप्ताको बुधबारदेखि पुनः संक्रमितहरु देखिन थालेका हुन्। त्यसअघि कोरोना संक्रमणको दर शुन्यमा झरेको थियो।

यसैहप्ताको आइतबार मात्र हङकङ युनिभर्सिटी अफ मेडिकल स्कुलका प्राध्यापक ग्याब्रिएल लिउङले हङकङका प्रत्येक एक संक्रमितले अन्य चार जनामा कोरोना भाइरस फैल्याउने चेतावनी दिएका थिए।

हालको कोरोना संक्रमण झन् खतरनाक बनेकाले आवश्यक सावधानी नअपनाए शहरमा ठूलो स्वास्थ्य चुनौती सिर्जना हुने उनको भनाइ थियो।

उनका अनुसार हङकङमा ५० देखि ६० संक्रमितलाई पहिचान गर्न सकिएको छैन र उनीहरुले कोरोना भाइरस हङकङभर फैल्याउन सक्छन्।

त्यसैले फेरि चुस्त परीक्षण गरिनु पर्ने उनको सुझाव रहेको थियो।

मंगलबारसम्मको तथ्यांक अनुसार हङकङमा १५ सय ६९ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ८ जनाको मृत्यु हुँदा १२ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .