हङकङमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, थप दुई जनाको मृत्यु

हङकङमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो, थप दुई जनाको मृत्यु

नेपालखबर
साउन ६, २०७७ मंगलबार १०:२९,

मंगलबार ६१ नयाँ संक्रमित थपिएसँगै हङकङमा संक्रमितको संख्या २ हजार १९ पुगेको हो।

यसैबीच यहाँ कोरोनाका कारण थप दुई व्यक्तिको मृत्यु भएको छ। यससँगै हङकङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

मंगलबार देखिएका नयाँ संक्रमितमध्ये ३ जना आयातित हुन् भने अन्य स्थानीय स्तरबाटै संक्रमणमा परेका व्यक्ति हुन्।

हालको ५८ जना स्थानीय संक्रमितमध्ये २५ जनाको स्रोत पत्ता नलागेको बताइएको छ।

दुईहप्ता यता हङकङमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ। त्यसअघि यहाँ कोरोनाको संक्रमण दर शुन्यमा झरेको थियो।

केही समय अगाडि खुकुलो बनाइएको कोरोनाविरुद्धको उपाय यतिबेला कडा बनाइएको छ। हाल सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ भने होटल तथा रेस्टुरेन्टमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्न भनिएको छ।

केही समय कार्यालयमै पुगेर काम गर्ने सरकारी कर्मचारीलाई पनि यतिबेला घरैबाट काम गर्न भनिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .