हङकङमा १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा खाना खान नपाइने

हङकङमा १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा खाना खान नपाइने

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:४६,

सोमबार मात्र यहाँ १ सय ४० कोरोना संक्रमित थपिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

२ हप्तायता हङकङमा दैनिक धेरैको संख्यामा कोरोना संक्रमितहरु थपिरहेका हुन्।

सोमबार एकैपटक १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा बसेर खाना तथा खाजा खान नपाइने नियम बनाइएको छ।

बुधबारदेखि यो नियम लागू हुनेछ। होम प्याकिङको व्यवस्थालाई भने बन्द नगरिएको बताइएको छ।

लगातार ६ दिनयता हङकङमा सयभन्दा बढी कोरोना संक्रमित थपिरहेका हुन्।

हालै हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोरोना नियन्त्रणको लागि मुख्यक्षेत्र चीनसँग सहयोग माग्ने बताएकी थिइन्।

हङकङमा हालसम्म २६ सय ३० भन्दा बढीका कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ २० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .