हङकङमा कोरोना संक्रमण फेरि तीव्र बन्न थालेपछि अहिलेसम्मकै कडा नियम लागू

हङकङमा कोरोना संक्रमण फेरि तीव्र बन्न थालेपछि अहिलेसम्मकै कडा नियम लागू

नेपालखबर
साउन १४, २०७७ बुधबार ५:२,

कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा बढेपछि हङकङमा अहिलेसम्मकै कडा नियम लागू गरिएको छ।

बुधबारदेखि त्यहाँ रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध, फरक घरका दुई जनाभन्दा बढी भेट्न नपाइने तथा सार्वजनिक स्थानमा मास्क लगाउनैपर्ने नियम लागू गरिएको हो।

यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको हङकङमा अहिले लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्। यसैकारण हङकङमा पुनः प्रतिबन्ध कडा बनाइएको हो। बार, जिमखाना तथा ब्युटिपार्लर पहिलेदेखि नै बन्द छन्।

हङकङमा बिहीबार मात्र थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसबाट २३ जनाको मृत्यु भएको छ।

यस्तै यसअघि गत सोमबार त्यहाँ १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्टर फर हेल्थ प्राेटेक्सनअन्तर्गत संक्रामक रोग विभागका प्रमुख डा. चुआङ शुकक्वानले भनेका छन्, ‘अहिले रमाइलो गर्ने कुनै गुन्जाइस छैन। हामीले अवस्था नियाल्न जरुरी छि। अझै खतरनाक अवस्था त आइसकेको छैन तर संक्रमतिको तथ्यांकले चिन्ताजनक छ।’

हालै जुन बिरामीको मृत्यु भयो, ऊ एउटा केयर होममा बस्थे, जहाँ कम्तीमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्थानीय वैज्ञानिकले हङकङमा फैलिरहेको कोरोना महामारीप्रति चिन्ता व्यक्त गरेका छन्। कम्तीमा २२ दिनदेखि भाइरसमा कुनै परिवर्तन (म्युटेसन) देखिएको छैन। उनीहरूले भनेका छन्, ‘यसको अर्थ भाइरस आफैंले मानव शरीरलाई आफूअनुकूल बनाउँदै फैलिरहेको छ।’

कोरोना नियन्त्रणका लागि नयाँ नियम लागू गर्नुअघि हङकङको संसदीय निर्वाचन एक वर्षका लागि स्थगन गरिने खबर सार्वजनिक भएका थिए।

सकारले यो निर्णय गरिसकेको तर आधिकारिक घोषणा गर्न बाँकी रहेको स्थानीय सञ्चारमाध्यमको दाबी छ।बीबीसी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .