हङकङका अभिनेता सिमोन याम ट्याट–वामाथि छुरा प्रहार भएको छ।
एक प्रचारमूलक अभियानका लागि दक्षिणी चीनको एक कार्यक्रममा सहमागी हुन पुगेका सिमोनमाथि छुरा प्रहार भएको एससीएमपीले जनाएको छ।
ग्वाङडोङ प्रान्तस्थित जोङसानमा एक निर्माण सामाग्री वितरण व्यावसायिक पसलको उद्घाटनका क्रममा त्यहाँ पुगेका सिमोनको पेटमा छुरा प्रहार भएको हो।
प्रत्यक्षदर्शीका अनुसार सिमोनको पेटमा छुरा प्रहार भएपनि उनी सचेत नै थिए। यद्यपी उनको पेटबाट रगत बगिरहेको थियो।
3
Shares
प्रतिक्रिया