हङकङबाट हिगो टाइफुन पर गइसकेकाले स्थानीय समयअनुसार बुधबार अपरान्ह १ बजेर २० मिनेटमा जारी गरिने भनेको टाइफुनको चेतावनी पनि जारी नगरिएको एससीएमपीले जनाएको छ।
यससँगै यतिबेला यहाँका सार्वजनिक सेवाहरु सुचारु हुन थालेका छन्। आजबिहान ७ बजेर ४० मिनेट जाँदा टाइफुन सिग्नल ९ बाट ८ मा घटाइएको थियो।
त्यसपछि बिहान ११ बजेसम्ममा टाइफुनको सिग्नल ३ मा झारिएको थियो। सिग्नल ९ को चेतावनी राति साढे १ बजे जारी गरिएको थियो।
हङकङको मौसम पूर्वानुमान संस्थाले भनेको छ,‘जब हिगो आँधीले हङकङलाई चुनौती दिएको छैन भने अब्जर्भेटरीले जारी गर्ने भनेको साइक्लोनका सबै सिग्नल स्थगित गर्दछ।’
यतिबेला सार्वजनिक यातायताहरु पनि सुचारु भएका छन्। बिहान ११ बजेसम्मको तथ्यांक अनुसार हिगो आँधीले ५३ वटा रुखहरु भाँचिदिएको छ भने दुई स्थानमा बाढी आएको छ। पहिरो गएको खबर भने हालसम्म आएको छैन। एससीएमपी
प्रतिक्रिया