यहाँको सरकारले सामूहिक कोरोना परीक्षण योजनाअनुसार आफ्ना सबै ७४ लाखभन्दा बढी नागरिकलाई निःशुल्क कोरोना परीक्षण गरिरहेको छ।
यसबीचमा हङकङले आफ्ना सबै नागरिकमध्ये ३५ प्रतिशतका लागि कोरोनाविरुद्धको खोप बुकिङ गरिसकेको जानकारी दिएको छ।
एससीएमपीका अनुसार हङकङले संयुक्त राष्ट्रसंघसँग कोरोनाविरुद्धको खोप भित्र्याउन समन्वय गरिरहेको छ।
हालसम्म ३५ प्रतिशका लागि कोरोनाको खोप बुकिङ गरिएको छ। बिस्तारै सबैका लागि खोप बुकिङ गरिनेछ।
सामूहिक कोरोना परीक्षण योजनाअनुसार हालसम्म हङकङमा ८ लाख ६४ हजारको कोरोना परीक्षण भइरहेको छ।
हालसम्म १० लाख ८० हजारले कोरोना परीक्षणका लागि नाम दर्ता गराएको पनि बताइएको छ।
यसैबीच हङकङमा आइतबार २१ जनामा कोरोना देखिएको छ। कोरोना देखिएकामध्ये पाँच जना सामूहिक कोरोना परीक्षण योजना अन्तर्गत सम्पर्कमा आएका व्यक्तिहरु हुन्।
यससँगै हङकङमा ४८ सय ७९ मा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ४५ सय उपचारपछि स्वस्थ बनेका छन् भने ९४ जनाको मृत्यु भइसकेको छ। एससीएमपी
Shares
प्रतिक्रिया