हङकङमा प्रहरी कुट्ने एक प्रदर्शनकारीलाई ४ वर्षको जेल सजाय सुनाइयो

हङकङमा प्रहरी कुट्ने एक प्रदर्शनकारीलाई ४ वर्षको जेल सजाय सुनाइयो

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:११,

गतवर्ष सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रदर्शनकारीले हङकङ प्रहरीको मुख्यालय घेराबन्दी गरेका थिए।

सोही क्रममा एक निर्माण क्षेत्रका कामदारले प्रहरीमाथि कुटपिट गरेका थिए।

हङकङको अदालतले उक्त कार्य कानुनी शासनमाथि प्रहार भएको ठहर गर्दै २६ वर्षका सुम हिउ–लुनलाई शुक्रबार ४ वर्षको जेल सजाय सुनाएको हो।

गतवर्षको जुन २६ को राति प्रदर्शनकारीले प्रहरी कार्यालय घेराउ गरका थिए। सो घटनामा प्रहरीमाथि हातपात गर्ने दोषी पाइएका सुम सजाय पाउने पहिलो व्यक्ति हुन्।

प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शनकारीले त्यसबेला प्रहरी मुख्यालयको भित्तामा अण्डा फुटाएका थिएभने उत्तेजक नाराहरु लेखेका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .