लन्डनस्थित सिटी ग्रुपले गरेको अध्ययनमा हङकङका नागरिक कोरोना प्रकोपका कारण जागिर जाने निकै त्रासमा रहेको देखिएको हो।
सिटी ग्रुपले अस्ट्रेलिया, बेलायत, हङकङ र अमेरिकाका ३५ हजारमा अध्ययन गरेको थियो।
अध्ययनमा आवद्ध भएका हङकङका नागरिकमध्ये ७३ प्रतिशत हङकङबासी जागिर जाला भन्ने तनावमा छन्। त्यसकारण उनीहरुले दैनिक खर्चमा कटौती गरेका छन्, पैसा जोगाइरहेका छन्।
अध्ययन अनुसार हङकङका प्रत्येक ५ मध्ये एकले वैकल्पिक कामहरु सिकिरहेका छन्।
उता अमेरिका, अस्ट्रेलिया र बेलायतका क्रमशः ५१, ३८ र ३६ प्रतिशत नागरिकले जागिर जाला भन्ने चिन्ता लिएका छन्। एससीएमपी
3
Shares
प्रतिक्रिया