हङकङ आगलागीका घाइते नेपालीमध्ये दुई जना अत्यन्तै गम्भीर

हङकङ आगलागीका घाइते नेपालीमध्ये दुई जना अत्यन्तै गम्भीर

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ८:२४,

हङकङको जोर्डस्थित नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा परेर घाइते भएका ११ जना नेपालीमध्ये दुई जनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

कात्तिक ३० गते (१५ नोभेम्बर) राति भएको आगलागीमा परेर त्यहि रात सात जना र पछि एक जनासहित आठ जना नेपालीको मृत्यु भैसकेको छ। मृत्यु भएकामध्ये एकै परिवारका पाँच जना रहेका छन्।

दूतावासले मंगलबार जनाए अनुसार ११ जना घाइतेमध्ये गम्भीर अवस्थामा रहेका दुई जना र स्थिर अवस्थामा रहेका ६ जनाको उपचार भइरहेको छ।

अरु दुई जना भने उपचारपछि घर फर्किसकेका छन्।

मृत्यु हुने ८ जनामा अनिता निरौला, विनिता तामाङ, कृतिका कँडेल, राजु नेपाल, रायन कँडेल, शेरबहादुर गुरुङ, सुरेखा कँडेल र युवराज कँडेल रहेका छन्।

यो पनिः
रहिनन् १८ वर्षीया सुरेखा, हङकङ आगलागीमा ज्यान गुमाउने नेपालीको संख्या आठ पुग्यो

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .