पछिल्लो केही समययता यहाँ फेरि तीव्र गतिमा कोरोना भाइरस फैलिएको देखिएको हो।
मंगलबार देखिएका संक्रमितमध्ये २३ संक्रमितको कन्ट्याक्ट ट्रोसिङ गर्न नसकिएको बताइएको छ।
यस्तै ३२ संक्रमित व्यक्तिहरु धेरैमा संक्रमणको कारक बन्ने देखिएको छ, किनभने उनीहरु डान्सबार तथा सिंगिङ भेन्युजस्ता भीडभाड हुने क्षेत्रमा गएका थिए।
यसअघि सोमबार यहाँ ७६ संक्रमित देखिँदा आइतबार ११५ संक्रमित देखिएका थिए। केही समययता यहाँ पुनः कोरोना तीव्र गतिमा देखिन थालेपछि हङकङ सरकारले मंगलबार कोरोना नियन्त्रणका लागि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि धेरै मानिस जम्मा गरेर धार्मिक र भ्रमणका कार्य गर्न पाइनेछैन भने भीडभाड हुने गरेर विवाह कार्यक्रम गर्न पनि प्रतिबन्ध लागेको छ।
साथै भीडभाडमा मास्क नलगाउने मानिसले १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने नियम पनि बनाइएको छ।
डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट यहाँ बन्चित गरिएको छ भने यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।
हङकङमा हालससम्म ६३ सय ९६ मा कोरोना पुष्टि भइसकेको छ। कोरोनाका कारण यहाँ १०९ को मृत्यु हुँदा ५३ सयभन्दा बढी कोरोनामुक्त भएका छन्।
Shares
प्रतिक्रिया