ब्यापटिस्ट युनिभर्सिटीका विद्यार्थी नेता किथ फोङ चुन–यिनलाई बुधबार बिहानै २० प्रहरीले गिरफ्तार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
फोङले प्रहरीविरुद्ध प्रयोग गर्न लेजर पोइन्टर किनेको बताइएको छ।
उनलाई न्यायमाथि अवरोध सिर्जना गरेको, प्रहरीको कार्यमा बाधा पुर्याएको र सार्वजनिक स्थलमा आपत्तिजनक हतियार राखेको आरोप लागेको छ।
हङकङमा मुख्य क्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि यहाँ गतवर्ष सरकारविरुद्धको प्रदर्शनमा उत्रिएका मानिसहरु पक्राउ पर्न थालेका छन्।
गतवर्षको प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले लेजर पोइन्टर प्रहरीको आँखामा तेर्स्याएका थिए।
प्रतिक्रिया