९५ नयाँ संक्रमित थपिँदा यहाँ एक ४२ वर्षकी महिलाको कोरोनाको कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
आज थपिएका संक्रमितमध्ये ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएको बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमतिको संख्या ७ हजार ५४१ पुगेको छ। यहाँ कोरोनाका कारण ११७ को मृत्यु भइसकेको छ।
कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु दैनिक रुपमा बढ्न थालेपछि हङकङमा कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।
यसबीचमा शनिबार मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यहाँका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क प्रदान गरिने बताएकी छिन्।
हङकङमा सिनोभ्याक र फाइजरको खोप मागाइएको जानकारी दिइएको छ।
प्रतिक्रिया