झन्डै सयको संख्यामा कोरोना संक्रमित देखिँदा थप दुई मृत्यु भएको पनि बताइएको छ।
यससँगै हङकङमा हालसम्म ७७ सय २२ मा कोरोना पुष्टि भइसकेको छ। यहाँ कोरोनाका कारण १२२ को मृत्यु भइसकेको छ।
यसैबीच हङकङमा प्रहरीको कुकुरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएको छ।
मंगलबार प्रहरीको एक जर्मन सेपहर्डका कोरोना देखिएपछि त्यसलाई क्वारेन्टीनमा राखिने भएको छ।
गत शनिबार प्रहरीको १३ वटा कुकुरमा कोरोना परीक्षण भएको थियो। मंगलबार एक कुकुरमा कोरोना देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
552
Shares
प्रतिक्रिया