हङकङका प्रविधिमन्त्री अल्फ्रेड सिट विङ–हाङका अनुसार आगामी फेब्रुअरी महिनादेखि खोप प्रदान गर्न थालिनेछ।
पहिलो चरणमा ५ लाख मानिसलाई खोप लगाइने योजना रहेको उनको भनाइ छ।
एससीएमपीका अनुसार सुरुवातमा हङकङका वृद्धवृद्धा, स्वस्थ्यकर्मीलाई खोपहरु लगाइनेछ। हाललाई सिनोभ्याक र एस्ट्राजेनिकाको खोप लगाइने योजना भएको पनि बताइएको छ।
यस्तै फाइजर–बायोएनटेकको खोपलाई पनि पछि प्रयोगमा ल्याइनेछ।
यसैबीच हङकङमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ९२३ पुगेको छ।
शनिबार ३५ नयाँ संक्रमित थपिँदा हङकङमा एक ८८ वर्षका वृद्धको कोरोनाको कारण मृत्यु भएको छ।
हङकङमा हालसम्म १५० को कोरोनाले ज्यान लिँदा ७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्।
3
Shares
प्रतिक्रिया