हङकङमा पक्राउ पर्ने डरले ताइवान भागेका पाँच जना अमेरिकामा शरण खोज्दै

हङकङमा पक्राउ पर्ने डरले ताइवान भागेका पाँच जना अमेरिकामा शरण खोज्दै

नेपालखबर
माघ ४, २०७७ आइतबार १३:३,

हङकङ डेमोक्रेसी काउन्सिल एचकेडीसीका सदस्य स्याम्युल चुका अनुसार हङकङबाट भागेर ताइवान पुगेका पाँच अभियन्ताहरु यतिबेला तनावमा छन्, उनीहरु अमेरिकामा शरण लिन चाहन्छन्।

उनीहरु सबै ३० वर्षभन्दा मुनीका युवाहरु भएको बताइएको छ। सन् २०१९ मा सरकारविरद्ध प्रदर्शनमा उत्रिएका उनीहरु हङकङमा मुख्यक्षेत्र चीनले जारी गरेको राष्ट्रिय सुरक्षा कानुनअनुसार दोषी पाइएको छन्।

उनीहरुमाथि मुख्यक्षेत्र चीन विरोधी कार्य गरेको साथै हङकङ अलग्याउन चाहेको आरोप लागेको छ।

पक्राउ पर्ने भएपछि नै उनीहरु ताइवान भागेका थिए। ताइवान प्रवेश गर्ने क्रममा ताइवानका समुद्री तटरक्षकले उनीहरुलाई गिरफ्तार गरेको थियो।

स्यामुल पनि अमेरिकामा २५ वर्षयता बसिरहेका छन्। चिनियाँ नारिकता त्यागेर उनी अमेरिका पुगेका थिए। उनलाई पनि हङकङ प्रहरीले खोजीको सूचिमा राखेको छ।

उनीमाथ विदेशी शक्तिको आडमा देशको एकता भंग गर्ने कार्य गरेको आरोप लागेको छ।

स्यामुलका अनुसार हङकङबाट भाग्ने पाँच जना यतिबेला ताइवानमा सुरक्षित छन्।

अमेरिका लगायत अमेरिकाका सहयोगी राष्ट्रले उनीहरुलाई शरण दिए उनीहरु झनै सुरक्षित हुने उनको भनाइ छ।

हङकङमा गतवर्ष राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएयता अमेरिका चीनसँग रुष्ट छ। बेलायतसँगको सहमति विपरित चीनले तोकिएको समय अगावै हङकङको स्वतन्त्रता खोसेको भन्दै अमेरिकाले हङकङसँगको व्यापार सम्झौताहरु तोडिदिएको छ।

हङकङको स्वतन्त्रता खोस्नका लागि भूमिका खेलेको भन्दै अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि भ्रमण प्रतिबन्ध लगाएको छ

यसबीचमा बेलायतले हङकङका नागरिकलाई बेलायती नागरिकता प्रदान गर्ने आश्वासन दिएको छ। यी कार्यहरुबाट चीन क्रोधित छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .